Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए


    शुक्रबार, माघ ९ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।

    मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन् ।

    ‘एमाले र राप्रपाबाट उम्मेदवारी फिर्ताको निवेदन आएको छ । औपचारिक निर्णय दिउँसो १ बजे पछि हुन्छ’ पौडेलले भने।

    एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए । दुवै जना उम्मेदवार नहुने भएका छन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।

    रास्वपाबाट उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन अधिकृतका कार्यालय पुग्दा उनी उम्मेदवार हुन पाएका थिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार