Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय झण्डा ओढेर देश जलाउने र मत माग्ने कार्य रोकियोस् : भीमार्जुन आचार्य


    बिहिबार, माघ ८ २०८२
    640
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय झन्डाको ब्यापक दुरुपयोग भइरहेकोमा बौद्धिक बर्गले चिन्ता प्रकट गर्न थालेको छ । गएको भदौ २४ गते राष्ट्रिय झन्डा घाँटीमा बेरेर सिंहदरबार, सर्वोच्च अदालतदेखि देशका अरबौं अरबका सरकारी संरचना जलाइएको थियो ।\

    निर्वाचन प्रचारका दौरान राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय झन्डाको ब्यापक दुरुपयोग गरेको देखिएको छ । रास्वपाले मंगलबार देशभर उम्मेदवारी दर्ता गर्दा होस् वा प्रदर्शनमा होस्, राष्ट्रिय झन्डाको ब्यापक दुरुपयोग गरेका भिडियो र तस्वीरमा देखिन्छ ।

    झापा–५ मा बालेन साह उम्मेदवारी दर्ता गर्न जाँदा राष्ट्रिय झन्डा ओढेर गएको तस्वीर भाइरल छ । रास्वपाका उम्मेदवार बालेनले पार्टीको झन्डा होइन, राष्ट्रिय झन्डा ओढेर उम्मेदवारी दर्ता गर्न गएका थिए ।

    भीमार्जुन आचार्य

    बालेन र उनका समर्थकहरुले राष्ट्रिय झन्डा ओढेरै एमाले र त्यस क्षेत्रका उम्मेदवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नाराबाजी गरेका थिए ।

    नुवाकोट २ का रास्वपाका उम्मेदवार राष्ट्रिय झन्डा ओढेर दगुर्दै अरु पार्टीको बिरुद्ध बोल्दै भूईमै लम्पसार परेर मत मागेको भिडियो पनि सामाजिक संजालमा भाइरल छ । यसरी गएको भदौ २३ र २४ गते गते सिंहदरबार जलाउँदा होस् वा रवि लामिछानेलाई जेलमा तोडेर जेलमुक्त गर्दा होस्, राष्ट्रिय झन्डाको गर्नुसम्म दुरुपयोग गरेको देखिन्छ ।

    राष्ट्रिय झन्डाको धेरै नै दुरुपयोग भएकोमा बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले चिन्ता प्रकट गर्दै सामाजिक संजालमा लेखेका छन्–‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन् । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओढ्ने ‘कपडा’ होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जाओस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार