Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • पार्टी विभाजन नहोस् भनेर विशेष महाधिवेशनमा गइनँ: शेखर कोइराला


    बिहिबार, माघ ८ २०८२
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।

    बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् ।

    प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने दाबी गरे ।

    साथै, उनले आफू विशेष महाधिवेशन जाँदा पार्टी विभाजन हुनसक्ने भन्दै मध्यमार्गी बाटो लिएको जिकिर गरे ।

    ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो,’ उनले भने, ‘यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला ९डा। डिला संग्रौला० जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिडिराछौं । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं ।”

    जेनजी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफुले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने सुखद बनाउनेतर्फ केन्द्रीत रहेको कोइरालाको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार