काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभव र पहिचान नखुलेका उम्मेदवारलाई समर्थन गर्दा मताधिकारको मूल्य घट्ने भन्दै मतदातालाई सजग रहन आग्रह गरेका छन्।
झापामा बिहीबार आयोजित एक कार्यक्रममा उनले विगतमा नयाँ भनेर अपरिचित व्यक्तिलाई मत दिँदा विकासको गति अवरुद्ध भएको अनुभव स्मरण गराउँदै त्यस्तो अवस्था पुनः नआओस् भन्नेतर्फ ध्यानाकर्षण गराए। उनले काम गरेर परिणाम देखाएका र सार्वजनिक रूपमा चिनिएका उम्मेदवारलाई नै समर्थन गर्नुपर्ने धारणा राखेका छन्।
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको महोत्तरीस्थित निवासअगाडि सडक र पुल निर्माण आफूले गराएको दाबी गर्दै यसबारे प्रश्नसमेत उठाए।
कार्यक्रममा सुकुम्बासी विषयमा पनि चर्चा गर्दै उनले जबरजस्ती डोजर प्रयोग गरेर विस्थापन गरिन्छ कि भन्ने चिन्ता समुदायमा रहेको उल्लेख गरे।
अध्यक्ष ओलीले प्रत्येक निर्वाचन क्षेत्रमा बाहिरबाट आएका ‘पर्यटक’ उम्मेदवारभन्दा स्थानीय प्रतिनिधिलाई प्राथमिकता दिनुपर्ने बताए। उनले एमाले पद प्राप्तिका लागि मात्र नभई राष्ट्रिय हित संरक्षण र विकासका लागि निरन्तर प्रयासरत रहेको स्पष्ट पारेका छन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend