Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • टीकापुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पद रिक्त


    बुधबार, माघ ७ २०८२
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कैलालीस्थित टीकापुर नगरपालिका हाल प्रमुख तथा उपप्रमुख दुवै पद रिक्त भएको छ।

    टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले प्रतिनिधि सभा सदस्य पदका लागि कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउन आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका हुन्।

    उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुखमा निर्वाचित भएका थिए भने हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट संघीय संसद्को निर्वाचनमा सहभागी भएका छन्।

    यसअघि नै नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह टीकापुर नगर विकास समितिसँग सम्बन्धित जग्गा कारोबारमा अनियमितता गरेको अभियोगमा २०८० माघ २५ गतेदेखि निलम्बनमा परेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार