Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • एमाले युवा संघ दमक अध्यक्ष छवि खतिवडा लागे बालेनतिर


    बुधबार, माघ ७ २०८२
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेका छन्।

    उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका हुन्।

    ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु,’ उनले लेखेका छन्।

    उनले त्यसपछि स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको पनि बताएका छन्। झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार