Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • मधेसको छोरा प्रधानमन्त्री बन्ने वाला छः बालेन शाह


    सोमबार, माघ ५ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन साहले मधेसको छोरा अब प्रधानमन्त्री बन्ने चरणमा पुगेको दाबी गरेका छन्।

    सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई मैथिली भाषामै सम्बोधन गर्दै उनले भने, ‘मधेसी छोरा पीएम बन्ने वाला है।’

    रास्वपाले साहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई मतदान गर्न आग्रह गरे।

    काठमाडौं महानगरपालिकाको मेयरका रूपमा चार वर्ष काम गरेको अनुभव सुनाउँदै साहले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको बताए। उनले भने, ‘म काम गर्ने मान्छे हुँ, भाषण गर्ने होइन। काम गरेको हेर्न चाहनुहुन्छ  ?’

    काठमाडौंबासीले आफ्नो काम देखिसकेको उल्लेख गर्दै उनले थपे, ‘काठमाडौंबासीले मेरो काम देखिसकेका छन्। अब तपाईंहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार