Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं


    सोमबार, माघ ५ २०८२
    590
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईँ सोमबार पोखराबाट पक्राउ परेका हुन् ।

    नेपाली कांग्रेसको विवादमा प्रसाईँले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईँको यो अभिव्यक्तिपछि आयोगले प्रसाईँविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

    उनलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार