Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदीप यादव एमालेमा प्रवेश गर्दै, पर्सा १ मा टिकट दिने


    आइतबार, माघ ४ २०८२
    625
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनअघिको केपी शर्मा ओली नेतृत्वको सरकारका खानेपानी मन्त्री प्रदीप यादव नेकपा (एमालेमा) प्रवेश गर्ने भएका छन् । यादवलाई एमालेमा प्रवेश गराएर पर्सा क्षेत्र नं. १ मा टिकट दिन लागिएको छ ।

    पर्सा १ र २ नं. क्षेत्रमा एमालेले उम्मेदवार टुंगो लगाएको छैन । यादवलाई प्रवेश गराएर पर्सा १ मा उम्मेदवार बनाउन लागिएको छ ।

    प्रदीप गएको २०७९ को चुनावमा पर्सा १ बाट जसपाको तर्फबाट जितेका थिए । उपेन्द्र यादव नेतृत्वको जसपा फुटाएर अशोक राईतिर लागेका र त्यसैको बलमा केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री भएका उनी एमालेमा जान लागेका हुन् ।

    दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने बेला भएको मधेश आन्दोलन र त्यसपछिको नाकाबन्दीमा पेट्रोलियम पदार्थ भित्र्याउने र कालोबजारीमा महँगोमा बेच्ने गरेको आरोप प्रदीपमाथि लागेको थियोे ।

    बिजय सराबगी र उनले राति राति भारतबाट पेट्रोलियम पदार्थसहित खाद्यान्न भित्र्याउने गरेको आरोप लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार