Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • देउवा समूहको रिट ६ गतेका लागि पेसी तोकियो


    आइतबार, माघ ४ २०८२
    385
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दर्ता गरेको छन् ।

    तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (आइतबार) रिट दर्ता गराएका हुन् ।

    उनीहरुले रिटको पेसी आजै तोक्नका लागि आग्रह गरे‍का थिए । तर, सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको भन्दै यही माघ ६ गतेका लागि पेसी तोकेको हो ।

    निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए । तर सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएका छन् ।

    देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

    गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गरेको छ । त्यसविरुद्ध निर्वाचन आयोग हुँदै देउवा पक्ष सर्वोच्च पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार