Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा 


    बिहिबार, माघ १ २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन्।

    सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अद्यावधिकका लागि आफू निर्वाचन आयोग पुगीसकेको र सभापतिसहित पदाधिकारीहरू पुग्नेक्रममा रहेको जानकारी दिइन् ।

    बुधबार नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ । उता शेरबहादुर देउवा नेतृत्वको काँग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ ।

    देउवा नेतृत्वको काँग्रेसले पत्र पठाउनुभन्दा पहिले नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको पत्र पठाइसकेका थिए । अहिले काँग्रेसमा आधिकारिकताको विवाद बढिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार