Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • गगन-विश्वले धोका दिए, पार्टी फुटतिर गयो’: पूर्णबहादुर खड्का


    बुधबार, पुष ३० २०८२
    450
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको ब्रिफिङ गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले यसअघि पुसमा पार्टीको नियमित महाधिवेशन ल्याउने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेर ल्याएको र उक्त समयमा कामकारबाही नभ्याएको बताएका हुन् ।

    ‘पुसमा नियमित महाधिवेशन गर्नेबारे मैले महामन्त्रीहरूसँग सल्लाह गरेकै हो । सल्लाह अनुसार नै तालिका ल्याउँदा, कामकारबाही गर्दागर्दै भ्याइएन,’ उनले भने, ‘महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जसरी धोका दिनुभयो । उहाँहरू कामकारबाही हुन नसक्नुमा आफ्नो केही दोष हैन जसरी विशेष महाधिवेशनमा लाग्नु भयो । पार्टीलाई विभाजनमा धकेल्ने गरी जानुभयो ।’

    त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खड्काले पार्टी विभाजनमा धकेलिएको बताएका छन् ।

    ‘अब पार्टी फुटमा जाने करिब निश्चित छ,’ खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक संन्यास र निर्वाचन हाइकमान्ड बनाउने प्रस्ताव गर्नु भएको हो । यसमा केही विषय मिल्नै नसक्ने खालका भए ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार