Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जानेसहित ८ बुँदे प्रस्ताव देउवा पक्षलाई पठाइयो


    बुधबार, पुष ३० २०८२
    680
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ।

    संस्थापन पक्ष र पार्टी सभापति शेरबहादुर देउवासँग पटकपटक वार्ता भएपनि सहमति जुट्न नसकेपछि आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाएको हो ।

    वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले संस्थापन पक्षलाई आठ बुँदे प्रस्ताव पठाइएको जानकारी दिए ।

    प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेलगायत छन् ।

    गगन-विश्व पक्षले कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने प्रस्ताव गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार