Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बिप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ताटोली गठन


    मंगलबार, फाल्गुन १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले नेत्रविक्रम चन्द ‘विप्लवसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ ।

    गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

    गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् । हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

    केहि दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग चाँडै वार्ता र सहमति हुने बताएका थिए ।

     

    bigepti.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार