गण्डकी। प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताउनुभयो ।
विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, जनतालाई सेवासुविधा सहज र सुलभ ढङ्गले अत्यधिकमात्रामा पु¥याउँदै जनताका मौलिक हकको कार्यान्वयनको उद्देश्य लिइएको उहाँले बताउनुभयो ।
“तीनवर्षे समयावधिमा विकासनिर्माणका धेरै कामले गति लिएको छ, यस अवधिमा परिवर्तित संरचनानुसार पूर्वाधार विकास एवं कानून निर्माणका काम अघि बढेको तथा शक्तिको बाँडफाँट समुचितरुपमा गर्दै संविधानसँग बाझिएका कानूनलाई संशोधन गरी नयाँ संविधान एवं कानूनअनुसार समयानुकूल बनाइएको छ”, उहाँले भन्नुभयो । राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले ‘म खाऊँ मै लाऊँ’ भन्ने भावना त्याग्दै दृढताका साथ राष्ट्र निर्माणका अभियानमा जुट्न सबैमा आग्रह गर्नुभयो ।
सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्नका लागि सुशासन र विकासको बाटालाई अघि बढाइएको तथा शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा विकास बढेको बताउनुभयो । दुई छिमेकी मुलुक भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशले पर्यटनसहित कृषिका धेरै सम्भावना बोकेको बताउँदै प्रधानमन्त्रीले यहाँका कास्कीसहित तनहुँ, स्याङ्जालगायत जिल्ला कृषिको आधुनिकीकरणमा नमूनाउन्मुख बनेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “ फेवातालमा माछापुच्छ«े प्रतिविम्बित हुने मात्र हैन, यहाँ धेरै कुरा प्रतिविम्बित हुन्छन्, हाम्रा भविष्यका सपना प्रतिविम्बित हुन्छन् ।” सरकारले सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउन लागेको तथा त्यसलाई सबैमा पु¥याइने विश्वास व्यक्त गर्नुभयो । “हामी गरीब छौँ तर मनका धनी छौँ, कोभिडविरुद्ध सफलता प्राप्त गर्ने विश्वका एक प्रतिशत देशभित्र हामी पनि परेका छौँ”, उहाँले भन्नुभयो, “हामीले आराम कम, थकाइ कम र काम बढी गरेका छौँ ।” संयुक्त राष्ट्र सङ्घले नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा सिफारिश गरेको बताउँदै उहाँले अन्य सूचकाङ्कमा पनि नेपाल अघि रहेको र सन् २०३० अघि नै दिगो विकासको लक्ष्य हासिल गरिने दृढता व्यक्त गर्नुभयो ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार समग्र प्रदेशको समृद्धि र विकासको लक्ष्यका साथ अघि बढिरहेको बताउनुभयो भने भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले तीनवर्षे अवधिमा विकासका जग निर्माण भएको तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने सन्दर्भमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गरिएको जानकारी दिनुभयो ।
प्रतिष्ठानको रु ३३ करोड २१ लाख ५५ हजार लागतमा चार हजार ९६४ वर्गमिटर क्षेत्रफलमा सुविधासम्पन्न र अत्याधुनिक चारतले भवन निर्माण गर्न लागिएको हो । रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend