काठमाडौं । जेनजी सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमकै असक्षमताका कारण मन्त्रालय र अन्तर्गतका निकाय अस्तब्यस्त भएका छन् ।
मन्त्री गौतमको आडमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको अनावश्यक दबाब झेल्न नसकेर स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. टंक बराकोटीले अढाई बर्ष जागिर बाँकी हुँदै राजीनामा दिएर बाहिरिएका छन् । बराकोटी बाहिरिएपछि सचिव देवकोटाले महानिर्देशकका रुपमा निर्णय गर्न नसक्ने हाकिमका रुपमा चिनिएका डा. केशर ढकाललाई पठाएका छन् ।
यो पनि पढ्नुहोस् :
ढकाललाई महानिर्देशक बनाएपछि पनि ब्यवस्थापन महाशाखाबाट मन्त्रालयले अत्यावश्यक औषधि खरिद हुन सकेको छैन । समयमा महानिर्देशकबाट निर्णय नहुँदा एन्टीरेबिज भ्याक्सिन, हज यात्रीको खोप भिटामिन ए लगायतको अभाव हुने संभावना बढेको छ । एन्टीरेबिज भ्याक्सिनको अभाव भएमा दैनिक सयौं जनावरले टोकेर उपचारमा आउने बिरामीले महंगो दरमा किन्नुपर्ने स्थिति सृजना हुँदैछ ।
यसअघि मेमोग्राफी मेसिन खरिदमा पूर्वमहानिर्देशक डा. संगीताकौशल मिश्रसहित १४ जना बिरुद्ध मुद्दा दायर गरेपछि औषधि उपकरण खरिद गर्ने ब्यवस्थापन महाशाखाको प्रमुखमा कोही पनि कर्मचारी सरुवा हुन मान्दैनन् । भएका ब्यवस्थापन महाशाखाका प्रमुख जनस्वास्थ्य प्रशासक दयाकृष्ण पन्तलाई पनि मन्त्री डा. गौतमले ब्यापारीको स्वार्थ अनुसार काम नगरेपछि सरुवा गरिदिएकी छन् । प्रक्रिया नपुगेको ब्यापारीको भुक्तानी रोकेपछि मन्त्रीको दबाबमा उनको सरुवा गरेको आरोप मन्त्रीमाथि लागेको छ ।
यसैबीच, मन्त्री गौतमले औषधि ब्यवस्था बिभागका सदाबहार महानिर्देशक नारायणप्रसाद ढकालको स्वार्थ अनुसार मन्त्रालय अन्तर्गतको ओएण्डएम सर्भे गर्नका लागि मन्त्रिपरिषदबाट पूर्वस्वीकृति लिएकी छन् । त्यसको मूल उद्देश्य औषधि ब्यवस्था बिभागको महानिर्देशक नारायणप्रसाद ढकाललाई टिक्न दिइरहनु नै हो । औषधि ब्यवस्था प्रयोगशाला र औषधि ब्यवस्था बिभागमा ११ औं तहको फार्मेसी समूहको दरबन्दी छ । दुबै औषधि ब्यवस्था ब्यवस्था बिभाग मातहत रहे पनि छुट्टै संरचना जस्तै संचालन हुँदैआएको प्रयोगशालाको प्रमुखमा भरत भट्टराई रहेका छन् ।
भट्टराई र ढकाल आलोपालो गर्दै बिभागको महानिर्देशक हुँदैआएका छन् । पछिल्लो समय ढकाल बिभागमा २ बर्षभन्दा बढी समयदेखि महानिर्देशकको रुपमा टिकिरहेका छन् । बीचमा भट्टराई आउने निश्चित भइसक्दा ढकालले यसअघिका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ब्यवस्थापन गरेर टिकेका थिए । स्याङ्जाली ढकाल र तनहुँका पौडेलबीच छिमेकी जिल्लाको सम्बन्ध रहेको छ ।
बिराटनगरका भट्टराईले प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमार्फत् बिभागको महानिर्देशकमा फर्किने तयारीमा रहेको संकेत पाएपछि ढकालले पूर्वमन्त्री प्रदीप पौडेलमार्फत् स्वास्थ्यमन्त्री डा. सुधालाई सेटिङ मिलाउन सफल भएका छन् । आफू टिक्नमात्र होइन, प्रयोगशालाको दरबन्दी नै कटौती गरी उक्त दरबन्दी बनस्पति बिभागमा वा अन्यत्र ब्यवस्थापन गर्ने खेलमा लागेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend