काठमाडौं । सरकारले आठ सचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषदबाट भएको सरुवाबारेमा कतिपय मन्त्रीहरु नै अनभिज्ञ रहेका छन् ।
सरुवामा तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालय नपाई बिदा हुन लागेका बुर्लाकोटीले न्याय पाएका छन् ।
उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत निर्वाचन आयोगमा पुगेका छन् । कामु प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग कुरा मिलाएर उनी आयोगमा सरुवा भएर गएको चर्चा छ ।
विवादित सचिव रामआधार साहलाई दोस्रोपटक खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । उनी नेपाल ट्रष्टमा कार्यरत थिए । उनी यसअघि खानेपानी मन्त्रालयको सचिव हुँदा ठेकेदारसँग कमिसन मागेर मेलम्ची खानेपानी आयोजना अवरुद्ध गरेपछि तानिएका थिए ।
मुख्यसचिवको लबिङ गरेर पनि हुन नसकेकी खानेपानी मन्त्रालयकी सचिव प्रमीलादेवी बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा पुर्याइएको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ । कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयतर्फ खटाइएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend