काठमाडौं । सरकारले आठ सचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषदबाट भएको सरुवाबारेमा कतिपय मन्त्रीहरु नै अनभिज्ञ रहेका छन् ।
सरुवामा तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालय नपाई बिदा हुन लागेका बुर्लाकोटीले न्याय पाएका छन् ।
उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत निर्वाचन आयोगमा पुगेका छन् । कामु प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग कुरा मिलाएर उनी आयोगमा सरुवा भएर गएको चर्चा छ ।
विवादित सचिव रामआधार साहलाई दोस्रोपटक खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । उनी नेपाल ट्रष्टमा कार्यरत थिए । उनी यसअघि खानेपानी मन्त्रालयको सचिव हुँदा ठेकेदारसँग कमिसन मागेर मेलम्ची खानेपानी आयोजना अवरुद्ध गरेपछि तानिएका थिए ।
मुख्यसचिवको लबिङ गरेर पनि हुन नसकेकी खानेपानी मन्त्रालयकी सचिव प्रमीलादेवी बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा पुर्याइएको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ । कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयतर्फ खटाइएको छ ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
काठमाडौं । ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ भन्ने यो पुरानो गीत निजामती प्रशासनमा पनि चरितार्थ हुने गरेको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend