काठमाडौं । सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यमा बेवास्ता गरेको पाइएको छ । सचिव सहसिचव भइसक्दासमेत उनीहरूको सुरुको सेवा अवधिमा रहेका खरिदार, सुब्बालगायतको पदकै विवरण रहेको पाइएपछि राष्ट्रिय किताबखानाले सरकारका सचिव सहसचिवलाई आफ्नो पछिल्लो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।
किताबखानाले सरकारका सचिव र सहसचिवसरहका कर्मचारीका लागि ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जनाएको छ । कर्मचारीको सरुवा वढुवा र पदस्थापन विज्ञताका अधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो ।
कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा। टोकराज पाण्डेले जानकारी दिए । सो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि भएको महानिर्देशक पाण्डेले बताए । निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको राष्ट्रिय किताबखानाले जनाएको छ ।
किताबखानाका अनुसार सचिव र सहसिचवको पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेसरहको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको छ । विवरण अद्यावधिक गर्न किताबखानाको वेभसाइडमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यवधिक गर्न सकिने किताबखानाले जनाएको छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिवसरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारी कार्यरत रहेका छन् ।
संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अधावधिक गर्न खोज्नुलाई सुधारका रूपमा हेरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend