काठमाडौं । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव बन्न वरिष्ठ सचिवहरूले समेत आन्तरिक लबिङ थालेका छन् ।
मुख्य सचिव वैरागीलाई महत्वपूर्ण देशको राजदूत वा संयुक्त राष्ट्रसंघ (यूएन)को स्थायी प्रतिनिधिमा पठाएर नयाँ मुख्य सचिव नियुक्त गर्न सकिन्छ कि भन्ने विषयमा उच्च सरकारी तहमा छलफल शुरू भएको स्रोतको दाबी छ । मुख्य सचिव पनि पदावधि सकिनै लाग्दा नयाँ अवसरको खोजीमा रहेको बताइएको छ ।
भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकमा राजनीतिक नियुक्ति भइसकेकाले मुख्य सचिव वैरागीलाई क्यानडाको राजदूत बनाउन सकिने विषयमा समेत छलफल हुन थालेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनलाई यूएनको स्थायी प्रतिनिधिको रूपमा समेत पठाउन सकिने छ ।
मुख्य सचिव वैरागीको पदावधि यही २०८० साल असोज १५ मा सकिने छ । पूरै अवधि मुख्य सचिवमा बस्दा राजदूत वा यूएनको स्थायी प्रतिनिधिमा नियुक्ति लिन कठिन हुने भएकाले वैरागी सेवानिवृत्त हुनुभन्दा केही महिनाअघि नै नियुक्ति भएर जाने चर्चा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चल्न थालेको छ ।
अतः मुख्य सचिव वैरागीको अन्यत्र नियुक्ति हुने समयले भावी मुख्य सचिव को हुने भन्ने कुराको निर्धारण गर्छ । मुख्य सचिव वैरागी आगामी २०८० साल वैशाख वा जेठ सम्ममा राजदूत भएर जाने अवस्था आएमा जेष्ठताका आधारमा तीन जना सचिवहरू मुख्य सचिवको प्रमुख दाबेदार हुनेछन् । सो समयमा मुख्य सचिवको दाबेदार हुनेमा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रामप्रसाद थपलिया रहेका छन् ।
स्रोतका अनुसार मुख्य सचिव वैरागीले साउन तथा भदौमा राजदूतमा नियुक्ति लिएर गएको अवस्थामा भने त्यसपछि सबैभन्दा वरिष्ठतामा रहेका सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईँ, केवलप्रसाद भण्डारी र दिनेश कुमार घिमिरेमध्ये एकलाई मुख्य सचिव बन्ने बाटो खुल्ने छ । यी चारमध्ये गुरागाईं मुख्य सचिव बनेमा नेपालको इतिहासमा नै मुख्य सचिव हुने पहिलो महिला बन्ने छिन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend