काठमाडौं । विभिन्न सचिवहरूले आकर्षक निकायमा जान दौडधुप गरेपछि सरकारलाई सचिव व्यवस्थापनमा सकस परेको छ । हाल विभिन्न चार निकाय सचिवविहीन अवस्थामा छन् । तर, सरकारले ती निकायमा लामो समयदेखि सचिव पठाउन सकेको छैन ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिव व्यवस्थापन गर्ने बताइए पनि कसलाई कहाँ लैजाने भन्नेमा सकस हुँदा सचिव व्यवस्थापन हुन सकेन । केही दिनअघि मात्रै बढुवा भएका दुईजना सचिवलाई जिम्मेवारी नदिँदा उनीहरू ‘बरण्डा’मा रहन बाध्य भएका छन् । सचिव व्यवस्थापन हुन नसक्दा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ९ जना सचिवहरू राखिएका छन् । तीमध्ये ४ जनालाई अतिरिक्त समूहमा राखिएको छ । अतिरिक्त समुहमा राखिएका घनश्याम उपाध्याय र लक्ष्मी बस्नेत केही दिनअघि मात्रै सचिवमा बढुवा हुनुभएको थियो । उहाँहरू सचिवमा बढुवा भए पनि जिम्मेवारी दिइएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिव पद लामो समयदेखि रिक्त छ । यसै गरी मधेस प्रदेश, लुम्बिनी प्रदेश र राष्ट्रिय तथ्याङ्क कार्यालय पनि सचिवविहीन अवस्थामा रहेको छ । मधेस प्रदेशमा किशोर कुमार चौधरीलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ, जबकि, केन्द्रमा सचिवहरू अतिरिक्त समूहमा राखिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend