बीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले १ सय ४ किलो ३२५ ग्राम गाँजा बरामद गरेको छ ।
सोमबार अपराह्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कार रोकेर चेक गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ बस्ने ३२ बर्षीय भीम स्याङ्तान र मकवानपुरगढी–१ बस्ने ३८ बर्षीय कुमार स्याङ्तान छन् । पक्राउ परेका २ जनामध्ये भीम स्याङ्तान कारचालक हुन् । पक्राउ परेकाहरुका बिरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुुसन्धान भइरहेको मंगलबार कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार पटेर्वा सुगौली गाउँपालिका रंगपुरबाट लागूऔषध ओसारपसार भइरहेको बिशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
प्रवक्ता कार्कीका अनुसार प्रहरीले बीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमाचोकमा सडकमा हिंडिरहेका एक ब्यक्तिबाट मंगलबार १० किलो चरेस बरामद गरेको छ ।
पर्साको धोबिनी गाउँपालिका ५ का ४८ बर्षीय सम्सुल मियाँको साथमा रहेको कालो ब्याग चेक गर्दा उक्त चरेश फेलपरेको थियो । मियाँलाई नियन्त्रणमा लिएर लागूऔषध कसुरमा अनुसन्धान भइरहेको छ ।
।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend