Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रभु बैंकमा सीआईबीको छापा, कागजात नियन्त्रणमा


    शनिबार, कार्तिक २२ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले प्रभु बैंकमा छापा मारेको छ ।

    अनामनगर, बिजुलीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा शुक्रबार बिहान छापा मारी कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।

    यसअघि प्रभु समूहका अध्यक्षसमेत रहेका देवीप्रकाश भट्टचनलाई कात्तिक ११ गते सीआईबीले पक्राउ गरेको थियो । नेकपा एमालेका पूर्वसांसद् समेत रहेका भट्टचनलाई पक्राउ गरेपछि सीआईबीले प्रभु बैंकमा समेत छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

    ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा अनुसन्धान गर्न भट्टचनलाई नियन्त्रणमा लिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार