Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनकामनाका पुजारीद्वारा बन्दुक फिर्ता


    सोमबार, बैशाख १५ २०७७
    755
    Shares
  • २ मिनेट पाठ
  • गोरखा, १५ बैशाख । मनकामना मन्दिरका मुख्य पुजारी आफ्नो सुरक्षाको लागि लिएको बन्दुक फिर्ता गरेका छन् । पुजारी  इन्सान थापाले ब्यक्तिगत सुरक्षाका लागि भन्दै तीनवटा बन्दुक लिएको विषयमा चर्को आलोचनापछि प्रहरीलाई बुझाएका हुन् ।

    लकडाउनका बेला बन्दुक बोकेर शिकार खेल्न हिँडेको आरोप लागेका पुजारीलाई प्रहरीले एक साता अघि बन्दुकसहित नियन्त्रणमा लिएको थियो।  जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएको बन्दुक भएकाले पुजारीलाई तारेखमा छाडेर प्रहरीले हतियार राखेको थियो।

    ‘भरुवा बन्दुक र १२ बोरको बन्दुक दुईवटा स्वामित्व हस्तान्तरण हुने गरी आईतवार बुझाउनुभएको छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले भने। अर्को एक थान २२ बोरको राईफलको भने उनले स्वामित्व बुझाएका छैनन्।

    तीनवटै राईफल प्रहरी कार्यालयमा रहेपनि २२ बोरको भने उनले चाहेको बेला झिक्ने गरी बुझाएका हुन् भने दुईवटाको स्वामित्व नै हस्तान्तरण गरेका हुन्। २२ बोरको उक्त राईफल २०७३ बैशाख ३१ गते पोखरा महानगरपालिका ५ का शक्ति पराजुलीको नामबाट पुजारी थापाले आफ्नो नाममा सारेका थिए।

    सो राईफलमा प्रयोग गर्न पाउने गरी दुई सय थान गोली राख्न पाउने जिल्ला प्रशासन कार्यालयले दिएको इजाजत पत्रमा उल्लेख छ। पुजारीले तीनवटा बन्दुक राख्ने, शोखका लागि शिकार खेल्ने, प्रशासनले दबाव र प्रभावमा सुरक्षा ‘थे्रट’ अध्ययन नगरी तीनवटा सम्म हतियारको इजाजत दिएको बारे प्रश्न उठेपछि डराएका पुजारी थापाले प्रशासनको सुझावमा हतियार बुझाएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार