Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले आज देशभर संसद विघटनको विरोधमा प्रदर्शन गर्दै


    सोमबार, फाल्गुन ३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।आज नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशभर विरोध प्रदर्शनको कार्यक्रम राखेको छ । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । 
    जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।
    यस्तै नेपाली कांग्रेसका प्रवक्ता बिश्व प्रकाश शर्माले ललितपुरको लगनखेलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।बरिष्ट  नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।
    संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो ।

    आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार