काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले उनको सचिवालयबाट राजीनामा दिएकी छिन् । प्रचण्डका छोरा प्रकाश दाहालको निधनपछि छोरी गंगा दाहालले नै पिता प्रचण्डको सचिवालय सम्हाल्दैआएकी छन् ।
दाहालले आइतबार सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै आफ्नो राजीनामाको घोषणा गरेकी हुन् ।
आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छन् ।
उनले लेखेकी छन्–‘म बुवा (कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयअनुसार जिम्मेवारी लिएर आएकी थिएँ । मम्मी सीता दाहाल बिरामी हुनुहुन्थ्यो, त्यसैले हेरचाहसँगै सचिवालयमा रहेर सकेसम्म निस्वार्थ भावले काम गरेँ । म गर्वका साथ भन्छु, मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ । सहयोगीको रूपमा राम्रो गर्ने कोसिस गरेँ, तर जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ ।’
गंगाले सचिवालयमा रहँदा सबैको भावनाअनुरूप काम गर्न नसकिएको स्वीकार गर्दै आत्मालोचना गरेकी छन् ।
गंगा दाहाललाई सचिवालयमा राखेकोमा पार्टीभित्रैबाट प्रचण्डको चर्को आलोचना हुँदैआएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा गंगाले नै सत्ता संचालन गर्ने गरेको आरोप लाग्ने गरेको थियो ।
गंगाले सामाजिक संजालमा लेखेकी छन् :

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend