ललितपुरको भनिमण्डलमा शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा सहभागी एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी । तस्बिर सौजन्यः अध्यक्ष ओलीको सचिवालय/रासस
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने तय भएको छ ।
ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा सम्पन्न एमालेको दसौँ केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत महाधिवेशन आयोजनाको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको तेस्रो तथा अन्तिम दिन आज अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका सवालमा पार्टीका एकमुष्ट जवाफ दिनुभएको थियो ।
बैठकले संसद् पुनःस्थापना र जनपरिचाललगायतका निर्णयहरू गरेको छ । बैठकले देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकाले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरू र आम नागरिकलाई आह्वान गरेको छ ।
जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो । (रासस)
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend