Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट   


    बिहिबार, असोज ३० २०८२
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वाशिङ्टन डिसी (अमेरिका) ।  विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ ।

    उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।

    भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।   (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार