Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • हिमपातले न्यालु सडक बन्द   


    शुक्रबार, असोज २४ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिमकोट (हुम्ला । अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् ।

    सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उहाँले बताउनुभयो ।

    समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन् ।   (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार