वीरगञ्ज, १४ बैशाख । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । वीरगञ्न्ज महानगर–२ र ३ का दुई ५० बर्षीय पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पुष्टी गरेको छ ।
कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । बीरगंजमा आज थपिएका २ समेत नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । १२ जना संक्रमित कोरोनालाई जितेर आइसोलेसनबाट घर फर्किसकेका छन् ।