Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कृषि मन्त्री अधिकारी र स्वास्थ्य मन्त्री पौडेलले राजीनामा दिए


    मंगलबार, भाद्र २४ २०८२
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कृषि तथा पशुपंछी मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् । धादिङबाट निर्वाचित सांसदसमेत रहेका मन्त्री अधिकारीले सरकारले नयाँ पुस्तामाथि गरेको दमनको विरोध गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

    सोमबार जेन जी पुस्ताको प्रदर्शनका क्रममा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रणको विरुद्धमा खबरदारी गर्ने क्रममा भएको हत्या र दमनप्रति आफूलाई समेत अपराधबोध भएको भन्दै उनले मंगलबार बिहान राजीनामा दिएका हुन् ।

    त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । उनले राजीनामा दिने घोषणा गरिसकेका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दा पनि प्रदर्शन रोकिएको छैन । हिसं्रक बन्दै गएको छ । राजनीतिक दलका नेताहरुको घर घरमा प्रदर्शनकारीहरुले आगो लगाउने र तोडफोड गर्न थालेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार