काठमाडौं । अफगानिस्तानकोमा फरि भुकम्पको धक्का महसुस गरेको छ । सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५।६ तीव्रताको भूकम्प बताइएको छ । यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो।
भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गएको छ।
बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८:५६ बजे भूकम्प गएको हो। नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय मानिसहरू आत्तिएर आफ्ना आश्रयस्थलहरूबाट बाहिर निस्किए।
यद्यपि, बिहीबार रातिको भूकम्पमा जनधनको क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन। बीबीसीले जनाएअनुसार त्यहाँको अस्पतालमा १७ जना घाइते ल्याइएका छन् ।
संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पमा अहिलेसम्म १,३६८ जनाको मृत्यु भएको छ भने २,१८० जना घाइते भएका छन्। यी तथ्याङ्क २५ वटा गाउँबाट आएको प्रतिवेदनमा आधारित छन्।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend