Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डलाई ओलीको चेतावनी : कानुनको पालना गर्न सिक्नुस् !


    बिहिबार, माघ २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न चेतावनी दिएका छन्।

    बिहीबार आफूपक्षीय किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला प्रचण्ड–माधव नेपालहरु हप्किदप्कीमा लागेको भन्दै त्यसो गर्न छोडेर कानुनको पालना गर्नतिर लाग्न चेतावनी दिए ।

    ‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन’, प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार