Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • आमहड्ताल : धरानमा बन्दकर्ता र मजदुरबीच झडप, एक जना पक्राउ


    बिहिबार, माघ २२ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहीबार देशभर आमहड्तालकाे घाेषणा गरेकाे छ । बन्द सफल पार्न देशैभर प्रचण्ड-नेपाल समूहका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।

    यसैबीच धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ ।

    धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए । धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार