Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • गृहमन्त्रीका पीए तिवारी हटाइए, १२ जिल्लाका सीडीओको सरुवा


    बुधबार, भाद्र ४ २०८२
    4.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले बुधबार १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

    १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा हुँदा गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारी पनि बाहिरिएका छन् । उपसचिव तिवारीलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

    बुधबार सचिवस्तरीय निर्णयबाट सोलुखुम्बु, रसुवा, मनाङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरालगायत १२ जिल्लाका प्रजिअहरुको सरुवा भएको छ ।

    देउवाकै निर्देशनमा लेखकले तिवारीलाई हटाए

    प्रहरीका डीएसपी र एसपीको सरुवा बढुवामा सेटिङ गरेको गुनासो बुढानीलकन्ठमा पुगेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नै गृहमन्त्री रमेश लेखकलाई तिवारीलाई पीएबाट हटाउन निर्देशन दिएका थिए ।

    तिवारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सरुवा बढुवामा ब्ुढानीलकन्ठको नाममा समेत असुली गरेको गुनासो पुगेको थियो ।

    अध्यागमन कार्यालय एयरपोर्टमा पनि तिवारीकै सेटिङमा पठाइएका कर्मचारीहरुले गर्दा गृहमन्त्री लेखक समेत विवादमा आए । सरकार नै बदनाम हुन पुगेको छ । भिजिट भिसाकै बिषयमा रास्वपा र राप्रपाले संसद घेराउ गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार