काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
कांग्रेसका भ्रातृ संस्थाले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानमा बहुमत प्राप्त दलका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख भएको तथा संविधानको मस्यौदा बनाउँदा सो विषयमा व्यापक छलफल गरिएको धारणा व्यक्त गर्नुभयो ।
न्यायमूर्तिहरुले संविधानमा भएको व्यवस्थानुसार न्यायिक निर्णय गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्री मनोज वैद्यलगायतले प्रतिनिधिसभा विघटनको विरोध गर्नुभएको थियो । कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आज ७७ जिल्लामै संयुक्त रुपमा एकसाथ प्रदर्शन गरेका छन् ।
यही माघ १३ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार पार्टीका भ्रातृ संस्था नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल मुस्लिम सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ र नेपाल ठाकुर समाजले विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend