Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक, प्रचण्डको प्रस्तावमाथि छलफल


    शनिबार, साउन १७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शनिबार बिहान ११ बजेबाट बैठक सुरू हुने पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

    आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आआफ्नो धारणा राख्नेछ ।

    शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष प्रचण्डले राखेका एजेण्डामाथि धारणा राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको छ ।

    माओवादीमा पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएको हो ।

    पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमै अभिव्यक्त गरेको भन्दै उपमहासचिव शर्माको कडा आलोचना गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार