हेटौँडा । मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा बहुमत गुमाइसकेपछि नियुक्त गरेका बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अचानक बिरामी परेको बिज्ञप्ति बिहीबार जारी गरी तीन मन्त्रीको सपथ अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुख देवकोटाको स्वास्थ्यमा समस्या आएको भन्दै स्थगन गरिएको हो । बुधबार प्रदेश प्रमुख देवकोटाले सपथ ग्रहण गराउने भने पनि बिहीबार बिहान उनी बिरामी भम्एको विज्ञप्ति प्रदेश प्रमुखको कार्यालयले जारी गरेको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्दै गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण, र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
एमालेको निर्णयले मन्त्रीहरुको सपथ रोकिएको बताइएको छ । बागमतीमा कांग्रेस–एमालेको संयुक्त सरकार छ ।
शपथ स्थगनलाई लिएर पछिल्लो समय बागमती प्रदेशमा चुलिएको राजनीतिक तनाव थप जटिल बन्ने देखिएको छ ।
यसैबीच, बुधबार बागमती कांग्रेस संसदीय दलको नेतामा भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी भएका थिए । पार्टीको संसदीय दलको नेतामा पराजीत भए पनि मुख्यमन्त्री लामा भने पद नछोड्ने अडानमा रहेका छन् । उनलाई कांग्रेसको डा. शेखर कोइराला पक्षले साथ दिएको छ ।
प्रदेश प्रमुखको सचिवालयले जारी गरेको विज्ञप्ति

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend