Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • १५ सय ९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय


    आइतबार, साउन १४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका १५ सय ९५ दरबन्दी स्वीकृत गरेको हो ।

    बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव) मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार