Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुलिङ पिरियड कीर्तेमा प्रधानमन्त्री ओलीमाथि पनि छानविन हुनुपर्छः प्रचण्ड


    शनिबार, साउन १० २०८२
    630
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । संघीय निजामती सेवा बिधेयकमा राखिएको कुलिङ अफ पिरियडमा एमालेले नै चलखेल गरी केही बुँदा थपघट गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएका छन् ।

    अध्यक्ष प्रचण्डले राष्ट्रियसभामा एमालेका पाँच सांसदले कुलिङ अफ पिरियडमा संशोधन प्रस्ताव दर्ता गरेपछि चलखेल गरेको पुष्टि भएको बताएका हुन् ।

    शनिबार काठमाडौंको सितापाइलामा शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कुलिङ पिरियडको अवधिका बारेमा भएका त्रुटि सच्याउन सबै सांसदहरूले राष्ट्रिय सभामा संशोधन हाल्ने भनेको तर एमालेले राख्न हुन्न भनेपछि त्यसमा कसले षड्यन्त्र गरेको रहेछ भन्ने प्रष्ट भएको बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले भने–‘पहिले दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा संशोधन हाल्ने भनेर सबैले भनेका हुन् । अहिले त्यो राख्न हुन्न भनेर बिरालोले अन्तिममा म्याऊ गरिछाड्यो भनेजस्तै एमालेले म्याऊ गरी नै हाल्योे’ उसको नै रहेछ यसका विरूद्ध षड्यन्त्र गर्ने नियत ।’

    त्यसकारण यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले भने–‘शंकाको सुई पहिले पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो । तर ठोस रूपमा भन्ने आधार थिएन । अहिले एमालेका सांसदहरूले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं ।’

    प्रतिनिधिसभाबाट विवादित ढंगले पारित हुँदै राष्ट्रियसभामा पुगेको संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ को प्रावधान हटाउन सत्तारुढ एमाले नै अग्रसर देखिएको छ।

    प्रतिनिधि सभाबाट सन्देशसहित पुगेको विधेयकलाई राष्ट्रिय सभाले असार ३१ गतेदेखि सैद्धान्तिक छलफल थालेको थियो । हाल छलफलमा रहेको विधेयकमा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक गोपाल भट्टराईसहित ५ जनाले संशोधन दर्ता गराएका हुन् । संशोधन हाल्ने अन्य एमालेका सांसदहरूमा सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बीसी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार