काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा बिधेयक आज संसदमा पेश गरेको बताएकी छन् । मन्त्री रावलवले अब विधेयक सार्वभौम संसद्को जिम्मामा पुगेको उल्लेख गर्दै संसदमा हुने गहन छलफल र आवश्यक प्रक्रियापश्चात् विधेयक छिट्टै पारित भई नेपालको सार्वजनिक प्रशासनलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने बलियो जग बसालोस् भन्ने अपेक्षा गरेकी छन् ।
मन्त्री रावलले संघीय निजामती बिधेयक पेश गरिसकेपछि जारी गरेको प्रेसनोटमा भनेकी छन्–‘भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा मैले केही स्पष्ट प्राथमिकता तय गरेकी थिएँ ।
सहकारीपीडितको बचत फिर्ता प्रक्रिया सुरु गरी अघि बढाउने, भूमिहीनलाई लालपुर्जा वितरण सुरु गरी सधैँका लागि समाधान गर्ने गरी गति दिने, लामो समयदेखि पारित हुन नसकेको संघीय निजामती सेवा विधेयकलाई टुंगोमा पुर्याउने तथा सार्वजनिक प्रशासन सुधार र सुशासनका लागि बलियो आधार निर्माण गर्ने साथै, भूमि प्रशासनलगायतका क्षेत्रमा व्यापक डिजिटलाइजेशन र अटोमेशन (Digitalization and Automation) मार्फत् सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य पनि अघि सारेकी थिएँ ।
यी प्राथमिकतामध्ये अधिकांश कामको सुरुवात भइसकेको छ र अब हामी त्यसलाई अझ तीव्र गतिमा अघि बढाउने चरणमा (Scale-up phase) प्रवेश गर्दैछौँ । यसैक्रममा, लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक आज सार्वभौम संसद्को जिम्मामा पुर्याएका छौँ ।
यो विधेयकलाई गहन अध्ययन तथा व्यापक छलफलपश्चात् अन्तिम रूप दिइएको हो। यसले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउँदै कार्यसम्पादन र जवाफदेहितामा Paradigm shift ल्याउने अपेक्षा गरिएको छ । साथै, संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्नुका साथै सुशासन र सार्वजनिक प्रशासन सुधारको दिशामा पनि यो महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास लिएका छौँ ।
यस विधेयकलाई अन्तिम रूप दिन खटिनुहुने मन्त्रालयका सम्पूर्ण साथीहरू, विज्ञ, सरोकारवाला तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद । अब यो विधेयक सार्वभौम संसद्को जिम्मामा पुगेको छ । संसदमा हुने गहन छलफल र आवश्यक प्रक्रियापश्चात् विधेयक छिट्टै पारित भई नेपालको सार्वजनिक प्रशासनलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने बलियो जग बसालोस् भन्ने अपेक्षा छ ।’
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक...
काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरूको टोलीले राष्ट्रपति भवन शितलनिवासमा...
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
काठमाडौँ। मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। हिमपहिरोमा हराइरहेका आरोहीको खोज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend