काठमाडौं । भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई पुर्याई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन् ।
मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार २४ वर्षीय राजकुमार अछामी र ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरिएको हो ।
सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुर, लोकन्थली बस्ने अछामी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ का खत्री हाल पर्सा, वीरगञ्जमा बस्दै आएका थिए ।
उनीहरूलाई मिति २०८२ साउन ५ गते काठमाडौंको बल्खु र वीरगञ्ज बसपार्कबाट पक्राउ गरिएको हो ।
यसो भयो घटना
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण पंगेनीका अनुसार पीडित एक पुरुषलाई भारतमा ड्राइभरको काम लगाइदिने भन्दै अछामीले ३५ हजार भारतीय रुपैयाँ मासिक तलब र ओभरटाइमको प्रलोभन दिएका थिए। सोही विश्वासमा पीडितलाई १९ वैशाखमा काठमाडौं बल्खुबाट वीरगञ्ज लगिएको थियो ।
त्यहाँबाट खत्रीले रिसिभ गरेर उनलाई भारतको रक्सौल हुँदै पटना पुर्याएका थिए। पटनानजिकै पुनपुन अजय स्टेशनमा रहेको ‘वेल स्टार डायनामिक कम्पनी’ मा लथेर करिब सात दिन तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको अनुसन्धानमा खुलेको छ ।
ब्युरोका अनुसार ती व्यक्तिलाई फेसबुकमार्फत अरू नेपालीहरूलाई समेत ‘इनभाइट’ गर्न लगाइएको थियो। आफ्ना परिवारसँग सम्पर्क गर्न नदिई फेसबुक मेसेन्जरमा नक्कली आइडी बनाई अनलाइन स्क्याममा लगाइएको थियो ।
पीडितबाट २ लाख बराबरको रकम लिई कपडा किन्न लगाइएको र जबरजस्ती कागज गराएर करिब २ महिनासम्म बन्धक बनाई शोषण गरिएको ब्युरोको भनाइ छ ।
पीडित १ साउनमा नेपाल फर्केका थिए। त्यसपछि उनले ब्युरोमा उजुरी दिएपछि मुद्दा दर्ता भएको हो ।
पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जनाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend