सर्लाही । सर्लाहीको मलंगवामा ट्राफिक चेकिङको क्रममा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–६, सुखैनियाका मोहन पासवान र उनका छोराका रुपमा रहेका रामहुलास पासवान रहेका छन् ।
सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित गोरखकाली प्रहरी चौकीअगाडि संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको नम्बर प्लेट (BR 30A 1071) भएको मोटरसाइकल जाँच गर्दा चालक मोहन पासवानसँग सवारीसम्बन्धी कागजपत्र फेला परेन । उनले कागज मोबाइलमा रहेको भन्दै देखाउन खोज्दा उनका १२ बर्षीय छोरा नवल पासवानको मोबाइलमा कटुवा पेस्तोल ताकिरहेको फोटो भेटिएको प्रहरीले जनाएको छ ।
उक्त विषयमा सोधपुछ गर्दा मोहन पासवानले ती फोटोमा देखिएको व्यक्ति आफ्नै छोरासमेत रहेका रामहुलास पासवान भएको खुलाएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले रामहुलासलाई पनि नियन्त्रणमा लिएको थियो ।
रामहुलासले पेस्तोल घरकै पूर्वपट्टि भित्तामा कपडाले बेरिएको अवस्थामा राखेको बताएका थिए । प्रहरीले उनको भनाइअनुसार त्यहाँबाट कटुवा पेस्तोल बरामद गरेको छ ।
हाल दुवैलाई आवश्यक अनुसन्धानको लागि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend