Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपामा आधिकारिकताको कुरा सकियो, अब ओलीकै हस्ताक्षर चल्छ : सुवास नेम्वाङ


    शुक्रबार, माघ १६ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका नेता सुवास चन्द्र नेम्वाङले चुनावी प्रक्रिया शुरु भएको बताएका छन् ।

    निर्वाचन आयोगले नेकपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाइसकेको र चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाइसकेको भन्दै उनले चुनावी प्रक्रिया शुरु भएको दाबी गरेका हुन् । नेम्वाङले अब नेकपाको कुन पक्ष आधिकारिक भन्ने कानूनी विवाद नै नरहेको दाबी गरे ।

    प्रचण्ड–नेपाल पक्षले आफूहरुको ४४१ जनालाई आयोगले मान्यता दिएको र आफूहरु नै नेकपा भएको दावी गरिरहेका बेला नेम्वाङले भने आयोगले त केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टीलाई नै मान्यता दिएको बताए ।

    यसमा प्रचण्ड–नेपाल पक्षलाई चित्त नबुझे अर्को दल दर्ता गर्न जान सक्ने भन्दै नेम्वाङले–‘आधिकारिकताको कुरा अब सकियो । नेकपा विभाजन भएको छैन भन्ने हाम्रो मान्यता नै आयोगले स्थापित गरिदिएको छ । अब केपी ओलीको आधिकारिक हस्ताक्षरसहित नेकपा दल दर्ता हुन्छ ।’

    नेम्वाङले निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षलाई पार्टी विवादको सन्दर्भमा छलफल गर्न नबोलाएको प्रष्ट पारे । विवादको टुंगो लागिसकेको भन्दै उनले संविधान र कानूनको दफा तोकेर आयोगले निर्वाचन तयारीका लागि छलफलका लागि बोलाएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार