सर्लाही । अदालतबाट भ्रष्टाचारको दोषी ठहर भइसकेका नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई पार्टीको केन्द्रीय नेतृत्वले सार्वजनिक रूपमा सम्मान गरेको छ । पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बुधबार सानेपास्थित पार्टी कार्यालयमा सिंहलाई सम्मान पत्र प्रदान गर्दै प्रशंसा गरेका हुन् ।
पार्टीको नैतिकता र अनुशासनको खुलेआम उपेक्षा गर्दै गरिएको यो सम्मान कार्यक्रममा देउवाले सिंहलाई ‘आधुनिक पुस्तकालय तथा स्रोत केन्द्र संचालनार्थ पुस्तक प्रदान गरेको योगदानका लागि’ सम्मान गरिएको उल्लेख गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
तर सिंहको अतीत राजनीतिक भन्दा बढी विवादित रहँदै आएको छ । सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिका अध्यक्ष रहँदा आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको थियो । सर्वोच्च अदालतले गत फागुन १५ गते विशेषको फैसला सदर गर्दै चार महिना १५ दिन कैद र १ करोड २३ लाख रुपैयाँ बिगो तिराउने निर्णय गरेको हो ।
सिंह सर्वोच्च अदालतको फैसलापछि पनि कांग्रेस सर्लाहीको जिल्ला सभापतिको हैसियतमा सक्रिय छन् । यही कारण कांग्रेस कार्यकर्ताहरूले नेतृत्वसँग बारम्बार नयाँ जिल्ला सभापति चयनको माग गर्दै आएका थिए । सानेपामा धर्ना समेत दिइएको थियो । तर पार्टी नेतृत्वले ती आवाज बेवास्ता गर्दै सिंहलाई उल्टै सम्मान गरिदिएको छ ।
झन् रोचक कुरा त, सिंहका दाजु तथा मधेश प्रदेश सभा सदस्य बिरेन्द्र सिंहले सामाजिक सञ्जालमार्फत ‘मेरो आदरणीय दाजु’ भन्दै शुभकामना सन्देश पोस्ट गर्दै पार्टीको निर्णयको समर्थन गरेका छन् ।
भ्रष्टाचारको दोषीलाई खुलेआम सम्मान गर्नुको राजनीतिक र नैतिक सन्देशबारे प्रश्न उठिरहेका बेला कांग्रेस नेतृत्वको मौनताले पार्टीभित्र गहिरो संकटको संकेत दिएको छ । सम्मान कार्यक्रमपछि सिंहले पनि कांग्रेस सभापति देउवालाई ‘जय नेपाल’ भन्दै धन्यवाद दिएका छन् ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend