सर्लाही । बिद्यालय क्षेत्रमा अबैध क्रसर चलाएको बिषयमा आवाज उठाएपछि नेपाली कांग्रेसका सभापति सुरेन्द्रप्रसाद सिंहले झुटा मुद्दा लगाएर ६ जनालाई फसाउन खोजेका छन् ।
सर्लाहीको बसबरिया गाउँपालिका-५ कोठियार नजिकको प्राथमिक बिद्यालयमा अबैध रूपमा सञ्चालन भएको क्रसर हटाउनुपर्ने माग गर्ने ६ जनामाथि झुटा मुद्दा लगाएर फसाउन खाेजेकाे पीडितहरूले जनाएका छन् ।
बिद्यालय र मन्दिर नजिक रहेकाे सभापति सिंहको क्रसरमा हुल इज्जत गरेको भन्दै उनका भाइ बीरेन्द्रप्रसाद सिहले उक्त मुद्दा हालेको पीडित दिपेश यादवले जानकारी दिए । ‘स्कुल र मन्दिर नजिकै सुरेन्द्रप्रसाद सिंह र उनकाे परिवारको क्रसर छ, जसको धुलो उडेर स्कुलमा पस्दा पढने बातावरण छैन्, बालबालिकाहरू बिरामी भएका छन भने कतिपयले अन्यत्र गाउँमा लगेर पढाउनु परेको छ,’ यादवले न्युज कारखानासँग भने, ‘जसको हामीले बिरोध गरेका थियौं, त्यसपछि हामीलाइ सभापति आफै रड लिएर हान्न आउनु भएको थियो, अहिले त झुटा मुद्दा लगाइदिनु भएछ ।’
उनका अनुसार गत बैशाख १० गते सभापति सिंह आफै रड बोकेर स्थानिय गाउँले माथी जाइ लागे पछि बिरोध गरिएको थियो । झडपको स्थिति भए पछि सभापति सो ठाउँवाट भागेर हिडेका थिए । ‘तर, पछि पावर देखाउँदै हामी माथी झुटा मुद्दा लगाउनु भयो’ उनले भने ।
उनका अनुसार स्थानिय बरहथवा प्रहरीमा सभापति सिंहले ‘डाँका मुद्दा’ हालेका छन् ।
जसअनुसार सो मुद्दा खेप्नेमा स्थानिय दिपेश यादव, मदन साह, राम आधार यादब, राम प्रबेश यादव, बिजय गुप्ता र ज्ञानी यादव रहेका छन् ।
उनका अनुसार पूर्वमन्त्री बीरेन्द्र सिंह र सभापति सिंहको क्रसर प्राथमिक बिद्यालय भन्दा ३०–३५ मिटरको दुरीमा छ र नजिकै माईको पनि मन्दिर रहेको छ। जुन ठाउँवाट क्रसर सार्न स्थानिय माग गरे पनि सिंहले ‘पावर देखाउँदै’ अन्यत्र नसारी जबर्जस्ती चलाइरहेकाे स्थानियकाे आरोप रहेकाे छ।
साे घटनापछि उनकाे बिराेध गर्ने स्थानीय ६ जनालाइ इलाका प्रहरी कार्यालय, बरहथवामा बैशाख १२ गते उनले सो मुद्दा हालेको र पक्राउ पूर्जी जारी गरिसकेको छ। तर, उनीहरू भागेर हिडिरहेका छन् ।
त्यसाे त, बरहथवाका तत्कालीन डिएसपी गौतम थापाले माथिबाट आफुमाथी दबाब आएपछि मुद्दा दर्ता र पक्राउ पुर्जी जारी गरिएको जानकारी छाडेर सरूवा भइसकेको पीडितहरूको भनाइ छ । गृह मन्त्रीको दबाब पछि आफुले सो मुद्दा दर्ता गर्नु परेको पीडितहरूलाई डिएसपी गाैतमले सुचना छाडेर हिडेका छन । उनकाे यही बेला सरूवा भएकाे छ।
उता, प्रहरी निरिक्षक राजन पट्टेलले सभापति सिंहका परिवारले मुद्दा दर्ता गरेको स्वीकार गरेका छन् । ‘क्रसरको बिषयमा झडप भएको रहेछ, मुद्दा परेको छ, हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।
यसबारेमा जानकारी लिन खोज्दा सभापति सिंहसँग भने सम्पर्क हुन सकेन ।
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार रास्वपा संसदीय दलको कार्यालय...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend