Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • अवहेलना मुद्दामा बहस : प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्न कानुन व्यवसायीकाे माग


    बिहिबार, माघ १५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । कानुन व्यवसायीहरूले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने बताएका छन् ।

    न्यायाधीश मनोज शर्माको बिहीबार भएकाे सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचाराधीन मुद्दामा बहस गर्दै भने, ‘प्रधानमन्त्री भनेर छोड्न हुन्न । उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ । अवहेलना मुद्दामा पाकिस्तानमा प्रधानमन्त्रीलाई बर्खास्त नै गरिएको थियो ।’

    त्यस्तै, अधिवक्ता लोकेन्द्र ओलीले पनि प्रधानमन्त्रीलाई अदनलतमा बोलाएर सुनुवाइ हुनुपर्ने बताए ।, ‘अदालतप्रतिको विश्वास बढाउन पनि अवहेलना गर्नेहरूलाई उपस्थित गराउनुपर्छ । अदालतमा झिकाएर बयान गराएर कारबाही गर्नुपर्छ ।’ उनले भने । 

    अधिवक्ता ओमप्रकाश अर्यालले सत्याग्रही गोविन्द केसीलाई अनसनस्थलबाट पक्राउ गरेर ९ घन्टा बयान गराएको भन्दै इजलासमा ओलीलाई बोलाउन माग गरेका थिए । अर्यालले यो फौजदारी अपहेलना भएकाले आफै उपस्थित गराएर लिखित जवाफ पेश गराउन माग गरेका थिए ।

    अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार