काठमाडौं । दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरेको स्थान काठमाडौँंको पश्चिममा अवस्थित बिष्णुमती नदीको किनारको शोभा भगवतीमा आज उहाँहरुको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिकाले नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिदैँ छातिमा गोली थापी अवसान प्राप्त गरेका चन्द र श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो । यस बर्षको सहिद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह सुरु गरेको थियो । सहिद सप्ताहको चौथो दिन अर्थात माघ १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा श्रद्धाञ्जलीसभा गरेको थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत रुपमा चोट नपुर्याई सिङ्गो राष्ट्रलाई मुक्तिको बाटो देखाउने चार सहिद आम नेपालीको मनमुटुमा सधैँ रहिरहेको बताउनुभयो ।
‘उहाँहरुले कसैलाई ढुंगा–इट्टा हान्ने, खुकुरी–तरवार चलाउने, गोला–बारुद फ्याँक्ने काम गर्नुभएन् । त्यतिबेला हतियार प्रयोग गरेको भए केही व्यक्ति घाइते हुन्थे होला । केहीको मरण हुन्थ्यो होला । उहाँहरुले त्यसो गर्नुभएन,’ शाक्यले भन्नुभयो, ‘तर, उहाँहरुको आवाज त्यो भन्दा धेरै सशक्त थियो । उहाँहरुको आवाजले देश–विदेश नै तरंगित भयो ।’
तत्कालिन शासकले विभिन्न खाले प्रलोभन देखाउँदा पनि त्यसमा नफसी देशमा प्रजातन्त्र ल्याउन, वाक स्वतन्त्रता प्राप्त गर्न, मानवअधिकारको रक्षा गर्न र हुकुमी शासनको अन्त्यका लागि उहाँहरुले ज्यानको आहुती दिएको स्मरण शाक्यले गराउनुभयो । ‘उहाँहरुको मृत्युको १० वर्षपछि नेपालमा हुकुमी शासनको अन्त्य भयो र उहाँहरुकै बलिदानीका कारण निरंकुशताबाट नेपाली जनता मुक्त भए,’ शाक्यले भन्नुभयो, ‘उहाँहरुकै त्याग र समर्पणका कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । व्यक्तिगत लाभ भन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं ।’

सहिदहरुको योगदानको उच्च मुल्याङकन गर्दै उहाँहरुको सम्झना चीरकालसम्म रहन सकोस् भनी महानगरपालिकाले चार सहिदकै पूर्ण कदको सालिक निर्माण गरेको पनि स्मरण गराउनुभयो ।
एकले–अर्कालाई दोषरोपण गर्ने भन्दा पनि सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै विकास र समृद्धि अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले टीमओर्कमा विश्वास गर्दा मात्रै सकारात्मक परिणाम दिन सकिने र आफू पनि त्यसै अनुरुप अघि बढेको बताउनुभयो । ‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि हामीले केही परिणाम देखाएका छौँ,’ शाक्यले भन्नुभयो, ‘नजिता तपाईँहरुको सामू छ । मूल्याङ्कन गर्ने जिम्मेवारी तपाईँहरुको हो ।’ काम गर्ने सन्दर्भमा कतै कमजोरी भएका छन् र ध्यान पुगेको छैन भने ध्यानाकर्षण गराउनु सुझाव दिनुभयो । ‘गर्नेले सधैँ राम्रै सोचेर गरेको हुन्छ, देख्न पनि राम्रै देखेको हुन्छ । तर, अरुले मूल्याङ्कन गर्दा फरक भएको हुनसक्छ । त्यस्तो बेलामा कमी–कमजोरी भयो भने तपाईँहरुले सचेत गराउनु होला सच्याएर अघि बढ्न तयार छौँ ।’
उहाँले सबैको लक्ष्य एउटै भएको भन्दै सबैले सहकार्य गरे मात्रै लक्ष्य भेट्न सकिने बताउनुभयो । ‘त्यो भयो भने मात्रै सहिदहरुप्रति सच्चा सम्मान ठहरिने छ,’ उहाँले भन्नुभयो, ‘सहिदहरुको प्रतिमा सामुन्ने उभिँएर सबैले आपसमा द्वन्द्व र इष्र्या होइन एक–आपसमा सहकार्य र समन्वय गरेर सिङ्गो देशमा सामाजिक–आर्थिक, साँस्कृति परिवर्तन ल्याउनका एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरौँ ।’
सभामा काठमाडौँ महानगरपालिकाका वडा नं. १५ का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पनि सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेबिचमा ४ जना सहिदलाई प्राणदण्ड दिइएको थियो ।
हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए । माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरीसहित सहिद स्मारक लैनचौर लगिनेछ । लैनचौरमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend