Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्नेहरूको साक्षी कांग्रेस बनेको छः शेखर कोइराला


    मंगलबार, असार ३१ २०८२
    1000
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्नेहरुको साक्षी कांग्रेस बनेको बताएका छन् ।

    सामाजिक सञ्जालमा नेता कोइरालाले सरकारका मन्त्रीहरु घुस डिल गरिरहेका छन् । तर पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेकोतर्फ व्यंग्य गरेका हुन् ।

    उनले भनेका छन्–‘मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिमन्त्रीपरिषद बैठकमा भाग लिन्छन् ।’

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका केही मन्त्रीहरू घुस प्रकरणमा तानिए पनि अहिलेसम्म कुनै कारबाही हुनसकेको छैन । सोही विषयप्रति लक्षित गर्दै नेता कोइरालाले ‘यस्तै रहेछ यहाँको चलन’ भन्दै कांग्रेस सभापति शेरबहादुर देउवातिर व्यंग्य हानेका हुन् ।

    यसै सन्दर्भमा उनले विपक्षी दल र सत्ता साझेदारहरूलाई समेत आलोचना गरेका छन् । नेता कोइरालाले भनेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार