Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेशपछि राजनीतिमा तरंगः मध्यरातमा दल टुटफुट


    बिहिबार, बैशाख ११ २०७७
    820
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ११ बैशाख । राजनीतिक ऐनमा दलत्यागसम्बन्धी  दफा संशोधन अध्यादेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  नै ब्याकफायर भएको छ । ओलीले पार्टी फुटाउने संभावित खतरा टार्न मधेशवादी दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी आफ्ना तमाम मतभेदका बाबजुद एक भएका छन् ।  बुधबार मध्यरातमा समाजवादी र फोरम एकता भएको छ । र, पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ । 

    झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा र  चुनाव चिन्ह राजपाले प्रयोग गरेको  छाता हुने वताइएको छ ।

    पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

    प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार हतार हतार  एकता घोषणा गरेका हुन्।

    समाजवादी पार्टी फुटाउन  तयारी गरेपछि त्यसलाई रोक्न समाजवादी र राजपाले एकता गरेर ओलीको योजनालाई फेल गराएका छन्। तर यता समाजवादीबाट असन्तुष्ट नेतृ रेणु यादवसहितले बुधबारै ७ जना सांसदसहित अर्को दल घोषणा गरेको समाचार पनि आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार