काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै देशले चाहेभन्दा धेरै लक्ष्य हासिल गरेको प्रतिक्रिया दिएका छन् ।
इजरायलको मन्त्रिपरिषदको बैठक गरी ‘अपरेशन राइजिङ लायन’ को सबै लक्ष्यहरू मात्र होइन, त्यसभन्दा धेरै उपलब्धि हासिल भएको जानकारी नेतान्याहुले दिएका छन्।
नेतान्याहुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले आणविक र ब्यालिस्टिक मिसाइल क्षेत्रद्वारा प्रस्तुत गरिएका दुईवटा तत्काल अस्तित्वगत खतरा हटाएको छ।‘
इजरायली सेनाले ‘तेहरानको आकाशमाथि पूर्ण हवाई नियन्त्रण कायम गरेको, इरानको सैन्य नेतृत्वमा गम्भीर क्षति पुर्याएको र केन्द्र सरकारका दर्जनौं प्रमुख संरचनाहरू ध्वस्त पारेको‘ दाबी गरेको छ।
‘अपरेशनका लक्ष्यहरू हासिल भएको पृष्ठभूमिमा, राष्ट्रपति ट्रम्पसँग पूर्ण समन्वयमा इजरायलले द्विपक्षीय युद्धविराम प्रस्ताव स्वीकार गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
इजरायली सरकारले चेतावनी दिंदै भनेको छ, ‘युद्धविरामको कुनै पनि उल्लंघन भएमा इजरायलले कठोर जवाफ दिनेछ।‘
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend